Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

१० वर्षमा चारवटा पार्टी फेरेर माओवादीमा फर्किए गंगानारायण, पाए केन्द्रीय सचिवको पद


1.8K
Shares

१० वर्षमा चारवटा पार्टी फेरेर माओवादीमा फर्किए गंगानारायण, पाए केन्द्रीय सचिवको पद

काठमाडौं, १२ जेठ । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठ माओवादी केन्द्रमा फर्किएका छन् । माओवादीसँग समायोजन प्रक्रियामा आएका श्रेष्ठलाई केन्द्रीय सचिवको जिम्मेवारी दिइएको छ । समायोजन कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

१० वर्षमा चारवटा पार्टी फेरेर श्रेष्ठ माओवादीमा फर्किएका हुन् । २०७२ सालमा संविधान जारी भएसँगै डा।बाबुराम भट्टराईले माओवादी त्यागेका थिए । उनीसँगै गंगानारायण श्रेष्ठले पनि पार्टी छाडेर नयाँ शक्तिमा लागे । नयाँ शक्ति पार्टीलाई उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा गएकता गरेपछि उनी समाजवादी पार्टी नेपालको नेता बनेका थिए ।

समाजवादी पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टी मिलेर जसपा नेपाल बनेको थियो । जसपा नेपालबाट पनि उनी बाबुरामसँगै फुटेर नेपाल समाजवादी पार्टीमा गएका थिए । नेसपाबाट बाबुराम भट्टराईलाई निकालेर महिन्द्र यादव र गंगाले चलाएको उक्त पार्टीबाट पनि उनी महिन्द्रलाई छाडेर अलग्गै समूह लिएर माओवादीमा फर्किएका हुन् ।

माओवादी छाड्दा पोलिटव्युरो सदस्य रहेका श्रेष्ठले फर्किदा सचिव पद पाउनुभएको छ । उहाँ सहित प्रदेश सभाका २ सांसद पनि माओवादीमा बिलय भएका छन् । उनीहरु गत चुनावमा माओवादीकै चिन्हबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology