गोरखा, ११ जेठ । राजधानीको एकान्तकुना खरिबोट क्षेत्रमा आज भएको दुर्घटनामा परी गोरखाका १ जना युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोरखा घर भई हाल काठमाडौंको नैकाप बस्दै आएका ३० वर्षीय संजिब अधिकारीको भएको ललितपुर प्रहरीले पुष्टी गरेको हो ।
ललितपुर प्रहरीले दिएको जानकारी अनुसार ललितपुर महानगरपालिका(४ एकान्तकुना खरिबोटस्थित सडकमा बा।२ ख ३४८ नम्बरको बसले बा।७९ प ६५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अधिकारी गंभिर घाईते भएका थिए ।
शनिबार बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको अल्का अस्पतालमा उपचारको क्रममा शनिबार दिउसो ज्यान गएको हो ।
साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार अर्का १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।