गोरखा, १० जेठ । गोरखा जेसीजले आज एकदिने नेतृत्व विकास तालिम शनिबार सफलतापूर्वक सम्पन्न गरेको छ । “मानवताको सेवा, जीवनको सर्वोत्तम कार्य हो“ भन्ने मूल नाराका साथ आयोजित यस तालिमले युवाहरूमा नेतृत्वका आवश्यक सीप र ज्ञान प्रदान गर्ने लक्ष्य राखेको थियो ।
गोरखा जेसीजका अध्यक्ष जेसी सुमन गुरुङको अध्यक्षतामा सञ्चालित यस कार्यक्रममा जेसी आई नेपालका पूर्व राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालको प्रमुख अतिथियता रहेको थियो ।
उहाँले नेतृत्व विकास तालिमले युवाहरूलाई समाजमा सकारात्मक परिवर्तन ल्याउन उत्प्रेरित गर्ने बताउनुभयो । खनालले यस्ता तालिमहरूले व्यक्तिगत र व्यावसायिक जीवनमा सफल हुन आवश्यक सीप र ज्ञान प्रदान गर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि जेसीआई नेपालका पूर्व उपाध्यक्ष तेजप्रसाद उप्रेती ’रमेश’ ले युवाहरूमा नेतृत्व क्षमता विकास गर्न जेसीजको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले यस्ता कार्यक्रमहरूले युवाहरूलाई आफ्नो समुदाय र राष्ट्रको विकासमा सक्रिय भूमिका खेल्न प्रेरित गर्ने विचार व्यक्त गर्नुभयो । जेसी आई गोरखाका निवर्तमान अध्यक्ष अस्मिन ढुंगाना र पूर्व अध्यक्ष प्रविन बस्नेतले पनि कार्यक्रममा आफ्ना भनाइ राखेका थिए ।
उनीहरूले जेसीजले युवाहरूलाई नेतृत्व विकासका लागि प्रदान गर्दै आएको अवसरको प्रशंसा गर्दै यस्ता तालिमले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए ।
तालिमका प्रमुख प्रशिक्षक रमेश बस्ताकोटी नेतृत्वका गुणहरू, निर्णय प्रक्रिया, टोली कार्य, सञ्चार कौशल लगायतका विषयमा गहन प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
बस्ताकोटी जेसीआई नेपालबाट मान्यताप्राप्त प्रशिक्षक, बिसहजार जेसीजका पूर्व अध्यक्ष तथा अन्नपूर्ण पोष्टका पत्रकार समेत हुन् । तालिम संयोजन गोरखा जेसीजका कार्यकारी उपाध्यक्ष रचन परियारले गरेका थिए ।