गोरखा, ८ जेठ । गोरखामा हिजो करेन्ट लागेर १ जना बृद्वको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमसेन थापा गाउँपालिका–४ धावा चौतारा निवासी ७० बर्षिय बलराम बिक भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्र प्रसाद सुवेदीले जानकारी दिनुभयो ।
बुधबार बिक बारीमा बाख्रा चराउने क्रममा हाइटेन्सन लाइनको पोलमा सर्पोटका लागी राखिएको तार छुन पुग्दा करेन्ट लागेर घटना स्थलमा नै मृत्यु भएको उहाँले बताउनुभयो ।
नेपाल बिद्युत प्राधिकरण गोरखा, बितरण केन्द्रको लापरर्वाहीबाट ज्यान गुमाएका परिवारले बितरण केन्द्रले उचित क्षती पूर्ति दिुन पर्ने माग राखेका छन् ।
दिउसो २ः२० बजे भएको उक्त घटना पछी प्रहरीले घटनाको अनुन्धान सुरु गरेको जनाएको छ ।