Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

भ्रष्टाचारविरुद्ध लड्ने पार्टी माओवादी हो : प्रचण्ड


2K
Shares

भ्रष्टाचारविरुद्ध लड्ने पार्टी माओवादी हो : प्रचण्ड

रूकुम पूर्व, ७ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्यायसहितको सुशासनको पक्षमा काम गर्ने र भ्रष्टाचारविरुद्ध लड्ने पार्टी माओवादी भएको बताउनुभएको छ ।

‘जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत बुधबार रुकुमकोटमा आयोजित जनसंवाद कार्यक्रममा उहाँले माओवादी केन्द्रले सरकारको नेतृत्व गरेको बेला विकास निर्माणले गति लिएको र जनताको जीवनस्तरमा सुधार आएको दाबी गर्नुभयो ।

प्रचण्डले भने,‘माओवादी केन्द्रले सरकारको नेतृत्व गरेको समयमा जनताका पक्षमा काम भएको छ । अरू पार्टीको पालामा भने भ्रष्टाचार र कुशासन मात्र बढेको देखिन्छ ।’ उहाँले नेपालका सबै राजनीतिक दल एउटै हुन् भन्ने प्रचार गलत भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology