Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखामा बसले च्यापेर एक बालिकाको मृत्यु,आमा गंभिर घाईते


3K
Shares

गोरखामा बसले च्यापेर एक बालिकाको मृत्यु,आमा गंभिर घाईते

गोरखा,७ जेठ । गोरखा सदरमुकाममा अहिले दिउसो बसले च्याप्दा बालिकाको ज्यान गएको छ । सोही बसले च्यापेर बालिकाको आमा गंभिर घाईते भएकी छिन् ।

ज्यान गुमाउने बालिका गोरखा नगरपालिका–४ की बर्ष ७ की सुबिना सुर्खेती भएको स्थानिय अर्जुन प्रताप राणाले जानकारी दिनुभयो ।

गोरखा बजारबाट आरुघाट तर्फ गएको बसले च्यापेर बालिकाकी आमा बिनिता सुर्खेती गंभिर घाईते हुनुभएको छ । उहाँको गोरखा अस्पतालमा उपचार जारी छ ।

घटना स्थलमा स्थानियले अबरोध गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । सोही बस चढेर घर तर्फ गएका आमा–छोरी ओर्लने क्रममा बस एक्कासी अगाडी बढाउदा पछाडीको चक्काले च्यापेर बालिकाको ज्यान गएको थियो भने आमा गंभिर घाईते भएकी हुन् ।

बाँकी बिवरण भने आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology