Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

लकडाउन भन्दै जथाभावी छेकबारले निम्त्यायो दुर्घटना : बुङकोटघाटमा एक मजुदुरको ज्यान गयो


3.6K
Shares

लकडाउन भन्दै जथाभावी छेकबारले निम्त्यायो दुर्घटना : बुङकोटघाटमा एक मजुदुरको ज्यान गयो

गोेरखा ४, बैशाख । लकडाउनलाई देखाउदै जथाभावी बाटो बन्द गर्दा भएको दुर्घटना परी एक मजदुरले ज्यान गुमाउनु परेको छ । गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ९ को नाम्जुङ र धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ५ जोड्ने बुङकोटघाटमा बुढीगण्डकी नदी माथीको झोलुङ्गे पुलमा तारजालीले बन्द गरेका कारण पुलको बिटमा झुण्डिएर पारी तर्न खोज्दा धादिङ ज्वालामुखी गाउँपालिका–५ बाँझाका होमबहादुर रानाको पुलबाट खसेर ज्यान गएको हो ।

चितवनमा मजदुरी गर्दै आउनु भएका राना गएराती त्यहाँ आइपुग्नु भएको स्थानीयबासीको भनाई छ । मृतक रानाले राती त्यहाँ आईपुगेर परिवारलाई समेत आफुलाई लिन पुलसम्म लिन आउन भनेको र परिवारका सदस्य राती ११ बजेलिन पुग्दा कतै नदेखेको तथा फोन गर्दा समेत नलागेपछि फर्किएका थिए । घर नजिकै आइपुगेका व्यक्ति बिहान अबेरसम्म पनि घर नआईपुगेपछि बिहान गएर खोज्दा पुलमुनी रानाको शव फेला परेको थियो ।

परिवारका सवै सदस्य सहित चितवन बस्दै आउनु भएका राना लकडाउन घोषणा भएपछि आफु बसेर परिवारलाई भने घर पठाउनु भएको थियो । लकडाउन छिट्टै खुल्ने आशामा बस्नु भएका राना लकडाउन लम्बिने भएपछि गाउँ फर्कनु भएको परिवारको भनाई छ । पुलबाट खसेका राना छेकबार नाध्ने क्रममै खसेको स्थानीयको दावी छ ।

ज्वालामुखी गाउँपालिका–५ का वडाध्यक्ष कृष्णबहादुर काप्रीले छेकबार पार गरेर केही वर पुगेपछि मृतक राना नदीको किनारामा खसेको हुनसक्ने बताउनुभयो । बुंकोटघाट पुलमा लकडाउनको कारण देखाउदै स्थानीयले आवतजावतमा कडाई गर्ने भन्दै अत्याबश्यक कामका लागि समेत हिड्नै नमिल्ने गरी पुलमा छेकबार गरेका थिए ।

सरकारले लडडाउनको घोषणा गरेपछि स्थानीय स्तरमा जथभावी बाटो बन्द गर्दा सो दुर्घटना निम्तिएको स्थानीयबासीको भनाई छ । त्यस क्षेत्रमा गोरखा तर्फको भागमा बेनिघाट आरुघाट सडकखण्डमा स्थानीय स्तरमा एउटै टोलमा समेत ५ सय मिटरको फरकमा रुख समेत लडाएर बाटो बन्द गरिएको छ ।

बाटो अबरुद्ध हुदा एम्बुलेन्स, खाद्यान्य बोकेका ढुवानीसेवा अन्य अत्याबश्यक सवारी साधन सञ्चालनमा समेत अबरुद्ध गर्ने गरेका छन् । कतिपय ठाउँमा सवारी पास लिएर अत्याबश्यक कामका लागि हिडेका व्यक्तिहरुलाई सोधखोजका नाममा अनाबश्यक दुःख दिने र दुव्र्यव्यवहार गर्ने गरेको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology