Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखाको विकासमा बजेट सुनिश्चित गर्न सांसद ढकालको माग


1.7K
Shares

गोरखाको विकासमा बजेट सुनिश्चित गर्न सांसद ढकालको माग

गोरखा, ५ जेठ । प्रतिनिधिसभा सदस्य एकनाथ ढकालले गोरखाको समग्र विकासका लागि बजेट सुनिश्चित गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद ढकालले ऐतिहासिक जिल्ला गोरखाको पर्यटन, पूर्वाधार र धार्मिक क्षेत्रको समुचित विकासका लागि ठोस बजेट विनियोजन आवश्यक रहेको बताउनुभयो ।

ढकालले गोरखा जिल्लाको समृद्धि सम्भावना औंल्याउँदै बुढीगण्डकी जलविद्युत् आयोजना, मनकामना तथा गोरखकाली धार्मिक क्षेत्रको विकासमा प्राथमिकतासहित बजेट छुट्याउन माग गर्नुभयो ।

‘पर्यटन तथा धार्मिक सम्भावनाले भरिपूर्ण गोरखो जिल्लामा सरकारी लगानीको कमीले अपेक्षित विकास हुन सकेको छैन,’ उहाँले भन्नुभयो, ‘गोरखा बजारबाट बुङ्गकोट, क्यामुनटार, महादेवटार, घाटबेंसी, आरुघाट, तान्द्राङ्ग हुँदै गोर्खा बजारसम्मको हालको कच्ची रिङ्गरोड सडकलाई कालोपत्रे गर्न विशेष बजेट विनियोजन गरियोस् ।’

सो सडक कालोपत्रे भए स्थानीयको आवागमन, व्यापार र पर्यटनमा उल्लेखनीय योगदान पुग्ने बताउनुभयभो । उहाँले प्रथम शहीद लखन थापा र प्रथम प्रधानमन्त्री भीमसेन थापासँग सम्बन्धित सामग्री र स्थलको खोज तथा संरक्षणमा ध्यान दिन पनि माग गर्नुभयो ।

झिगटेभन्ज्यांग–अश्रांग–बककर्लाङ्ग–महादेवटार खण्डको कच्ची सडक तथा घाटबेंसी–धादिङ्गको बुट्टार जोड्ने जीर्ण पुलको यथाशीघ्र मर्मत सम्भारका लागि पनि उहाँले बजेट माग गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology