Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखामा चोरीका २ मोटरसाईल सहित एक पुरुष पक्राउ


1.3K
Shares

गोरखामा चोरीका २ मोटरसाईल सहित एक पुरुष पक्राउ

गोरखा, ५ जेठ । गोरखा प्रहरीले चोरीका २ थान मोटरसाईकल सहित १ जना युवकलाई पक्राउ गर्न सफल भएको छ । चोरीका मोटरसाईकल सहित बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानी घर भई हाल अजिरकोट गाउँपालिका–४ सिम्जुङको माउसुले बस्दै आएका बर्ष १८ का संजिव तामाङ्ग पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्र प्रसाद सुवेदीले जानकारी दिनुभयो ।

तामाङ्गले विभिन्न स्थानबाट मोटरसाईलक चोरी गरी लुकाई छिपाई राखेर बिक्री गर्ने गरेको गोप्य सूचना पाएको गोरखा प्रहरीले चोरीको २ थान मोटरसाईल सहित पक्राउ गर्न सफल भएको हो ।

तामाङ्गलाई जेठ २ गते शुक्रबार दिउसो ४ बजेको समयमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय जौबारीको संयुत्त टोलीले पक्राउ गर्न सफल भएको हो ।

तामाङ्गको डेराबाट प्रहरीले इन्जिन नम्बर म्ज्द्दध्न्न्द्धद्दज्ञढछ र इन्जिन नम्बर ःम्श्ब्ज्ञज्ञद्दटन्ध्द्दठद्दडड भएको १५० सिसीको पल्सर नम्बर प्लेट नभएको र बा ६४ प ५६६६ नम्बरको इन्जिन नम्बर म्प्थ्ऋव्ऋद्धढडघड र च्यासिस नम्बर ःम्द्दब्ज्ञघभ्थ्टव्ऋन्छण्ण्ज्ञठ भएको २२० सिसीको रातो कालो पल्सर बरामद गरेको सूचना अधिकारी सुवेदीले बताए ।

पक्राउ परेका तामाङ्गलाई जेठ ४ गते आइतबार चोरी शिर्षकमा मुद्वा दर्ता गरी गोरखा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

गोरखा प्रहरीको अनुरोध

सस्तो मुल्यमा पायौँ भनि सवारी साधन ९दुई पाङ्ग्रे÷चार पाङ्ग्रे० खरिद नगरौँ । सवारी साधन खरिद गर्नुपूर्व सो सवारी साधनसँग सम्बन्धित कागजात सवारी दर्ता किताब भए, नभएको एकिन गरेर यातायात कार्यालयबाट नामसारी गरेर मात्र खरिद गरौँ ।

यदि कागजपत्र नभएका सवारी साधनहरु छन भने सम्बन्धित यातायात कार्यालय वा प्रहरी कार्यालयमा बुझाउनुहोला अन्यथा अनुसन्धानको क्रममा खुल्न आएमा कानून बमोजिम कारबाही हुने ब्यहोरा समेत सर्वसाधारणमा सूचित गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology