Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

केदारनाथमा हेलिकप्टर दुर्घटनाग्रस्त, मेडिकल टोली सुरक्षित


980
Shares

केदारनाथमा हेलिकप्टर दुर्घटनाग्रस्त, मेडिकल टोली सुरक्षित

काठमाडौं, ३ जेठ । भारतको केदारनाथमा बिरामीको उद्धार गर्न आएको सञ्जीवनी हेलिकप्टर एम्बुलेन्स आपत्कालीन अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको छ ।

शनिबार हेलिकप्टर केदारनाथ हेलिप्याडमा अवतरण गर्ने क्रममा पछाडिको भाग अचानक भाँचिएको थियो । दुर्घटनाको समयमा हेली एम्बुलेन्समा एम्स ऋषिकेशका एक डाक्टरसहित दुई जनाको मेडिकल टोली रहेको थियो। बीबीसीका अनुसार पाइलट र मेडिकल टोली सुरक्षित रहेका छन् ।

जिल्ला पर्यटन विकास अधिकारी तथा नोडल हेली सेवा अधिकारी राहुल चौबेका अनुसार केदारनाथ धामको दर्शन गर्न आएकी एक महिलालाई सास फेर्न गाह्रो हुन थालेपछि राज्य सरकारको हेली एम्बुलेन्स सेवा संजीवनीको सहयोग लिइएको थियो । उहाँले भन्नुभयो,‘एम्सको एक मेडिकल टोली हेलिकप्टर मार्फत केदारनाथ पुग्दै थियो । जसमा एक डाक्टर र एक नर्सिङ स्टाफ थिए।’

दुर्घटनाको कारणबारे राहुल चौबेले भन्नुभयो, ‘केदारनाथको मुख्य हेलिप्याडमा अवतरण गर्नुअघि हेलिकप्टरमा केही प्राविधिक गडबडी भयो । पाइलटले समयमै परिस्थिति बुझे र हेलिप्याडभन्दा ठिक अगाडि समतल सतहमा अवतरण गर्नु राम्रो ठाने। तर अवतरणको क्रममा हेली एम्बुलेन्सको पुच्छरको रोटर भाँचियो ।’

उहाँले पाइलटको बुद्धिमत्ताका कारण सफल आपत्कालीन अवतरण सम्भव भएको बताउनुभयो । हेलिकप्टरमा रहेका सबै यात्रु सुरक्षित रहेको पनि उहाँले बताउनुभयो । हेलिकप्टरको पुच्छरको रोटर भाँचिएको उहाँको भनाइ छ । राहुल चौबेले यस विषयमा प्राविधिक अनुसन्धान डीजीसीएले गर्ने र त्यसपछि मात्र सही जानकारी उपलब्ध हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology