गोरखा, १ जेठ । गोरखामा आज पौडी खेल्ने क्रममा १ जना बालकले मृत्यु भएको छ । मृत्यु हुनेमा बारपाक सुलकोट गाउँपालिका–४ का १५ बर्षिय सिजल गुरुङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्र प्रसाद सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अजिरकोट गाउँपालिका–५ को दरौदी नदी माथि बनेको कालिका हाइड्रो पावरको चेक ड्याममा पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको हो । गर्मी भयो भनेर दिउसो १२ः३० बजेको समयमा पौडी खेल्न ड्याममा हामफालेका उनी तत्कालै बेपत्ता भएका थिए । घटनाको थप अनुसन्धान सुरु गरेको गोरखा प्रहरीले जनाएको छ ।