Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखामा कक्षा १२ मा पढ्ने एक युवती झुण्डीएको अवस्थामा फेला


1.6K
Shares

गोरखामा कक्षा १२ मा पढ्ने एक युवती झुण्डीएको अवस्थामा फेला

गोरखा, ३० बैशाख । गोरखामा एक युवती झुण्डीएको अवस्थामा मृत्त फेला परेकी छिन् । बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर –३ स्वाँराका घर भई हाल गोरखा नगरपालिका–७ को धारापानी काँडाधारी बस्दै आएकी १८ बर्षिया अनिता गुरुङ मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्र प्रसाद सुवेदीले जानकारी दिनुभयो ।

गोरखा नगरपालिका–७ को धारापानी काँडाधारीमा डेरा गरी बस्दै आएकी गुरुङ आज बिहान सलको पासोले झुण्डीएको अवस्थामा फेला परेको सुवेदीले बताउनुभयो ।

गोरखा नगरपालिका–८ को सरस्वती माध्यामिक बिद्यालयमा कक्षा १२ मा अध्ययरत गुरुङ बिहान परिक्षा दिन साथीले बोलाएपछी नउठेको भन्दै घर धनीले उठाउन जादाँ झुण्डीएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय गोरखाले जनाएको छ । शव गोरखा अस्पतालको शव गृहमा राखिएको छ ।

पोष्टमार्टम सकेर शव आफन्तको जिम्मा लगाईने सूचना अधिकारी ईन्द्र प्रसाद सुवेदीले बताउनुभयो । गुरुङको मृत्यु बारे प्रहरीले गहन अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यलय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology