Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखामा माछा मार्ने क्रममा १ जनाको मृत्यु


1.7K
Shares

गोरखामा माछा मार्ने क्रममा १ जनाको मृत्यु

गोरखा, २२ बैशाख । गोरखा सदरमुकामको एक नदीमा माछा मार्ने क्रममा १ जना पुरुषको मृत्यु गएको छ । ज्यान गुमाउनेमा गोरखा नगरपालिका–१० छेवेटारका बर्ष ६० का लक्ष्मण कुमाल भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी किरण घिमिरेले जानकारी दिनुभयो ।

बैशाख २१ गते आइतबार दिउसो १२ः५० बजे घर नजिकैको दरौदी नदीमा जाल हान्दै गरेका कुमाल अचानक नदीमा लडेर बेहोस भएको र उहाँको उपचारको क्रममा ज्यान गएको सूचना अधिकारी घिमिरले बताउनुभयो ।

बेहोस अवस्थामा गोरखा अस्पतालमा उपचार भइरहेको कुमालको हिजो नै दिउसो २ः२२ बजे चिकित्सकहरुले मृत घोषित गरेको पनि उहाँले जानकारी दिनुभयो ।

कुमालको शव हिजो नै कानूनी प्रकृया पुरा गरी आफन्तलाई बुझाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology