Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखा आरुघाटका युवकमा कोरोना संक्रमण नभएको पुष्टी


2.4K
Shares

गोरखा आरुघाटका युवकमा कोरोना संक्रमण नभएको पुष्टी

गोरखा ३, बैशाख- र्यापिड डाइग्नोस्टिक टेष्टमा नजिता कोरोना पोजेटिभ देखिएका गोरखाको आरुघाट गाउँपालिका– ५ का ३१ बर्षिय एक युुवकमा कोरोना संक्रमण नभएको पुष्टी भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित कोरोना परीक्षण प्रयोगशालामा आज गरिएको स्वाब परीक्षणका क्रममा ति युवकमा कोरोना संक्रमण नभएको पुष्टी भएको हो ।

‘आरुघाट गाउँपालिका भित्र हिजो गरिएको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) का क्रममा कोरोना पोजेटिभ देखिएका भनिएका युवकको पिसिआर टेष्टको नजित आज आएको हो, गोरखा अस्पतालका कोभिड १९ का फोकल पर्सन नारायण अर्यालले भन्नुभयो, ‘ पिसिआर टेष्टमा उहाँको रिर्पोट नेगेटिभ आएको छ ।’

र्यापिड डाइग्नोस्टिक टेष्टमा पोजेटिभ आए पनि नेगेटिभ आए पनि पिसिआर टेष्ट नगरी के हो भन्न नसकिने भएकाले तत्काल युवकको स्वाब परीक्षणका लागि हिजै पोखरा पठाइएको थियो । गएको फागुन २२ गते बहराइनबाट फर्किएका ति युवकलाई क्वारेन्टाइनमा राखिएको थियो ।
गोरखाका ११ वटै स्थानीय तहहरुमा भारत लगायतका बिभिन्न देशबाट आएकाहरुकोे र्यापिड डाइग्नोस्टिक टेष्ट भईरहेको छ । चैत्र १ गतेदेखि यता ३१४ जना जिल्लामा प्रवेश गरेको तथ्याङक रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology