Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

एमालेले पार्टी सदस्यता साढे सात लाख पुर्‍याउने


1.3K
Shares

एमालेले पार्टी सदस्यता साढे सात लाख पुर्‍याउने

काठमाडौं, १८ बैशाख । नेकपा एमालेले पार्टीको आगामी विधान महाधिवेशनसम्ममा सदस्यता सङ्ख्या सात लाख ५० हजार पुर्‍याउने जनाएको छ ।

एमालेले यस वर्षलाई पार्टीको आन्तरिक जीवनको वर्षको रूपमा लिएको जनाउँदै सङ्गठन विभाग सचिव माधव ढुङ्गेलले पार्टीको विधान महाधिवेशनसम्म पार्टी सदस्यता कुल मतदाताको ६ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको बताउनुभएको छ ।

उनका अनुसार पार्टी सदस्यता यही वैशाखभित्र प्रदेश कमिटीलाई पठाउन निर्देशन दिएको छ । उहाँले भन्नुभयो,नयाँ पार्टी सदस्यता र नवीकरण यही वैशाखभित्र सम्पन्न गरी प्रदेश कमिटीलाई बुझाउन जिल्ला कमिटीलाई निर्देशन दिएका छौँ । त्यसपछि जेठको पहिलो सातासम्म प्रदेश कमिटीले केन्द्रीय कार्यालयमा सदस्यता विवरण बुझाउन भन्छौँ ।

सचिव ढुङ्गेलले हाल पार्टी सदस्यता पाँच लाख ५० हजार रहेको जानकारी दिनुभयो । एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology