Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

बैंकिङ कसुरका फरार भएकी गोरखाकी शाक्य पक्राउ


2.7K
Shares

बैंकिङ कसुरका फरार भएकी गोरखाकी शाक्य पक्राउ

 

गोरखा, १६ बैशाख । बैंकिङ कसुर मुद्दामा फरार भएकी प्रतिवादी गोरखा सदरमुकामकी १ जना महिलालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोरखा नगरपालिका–४ पोखरीथोक घर भई हाल काठमाडौं महानगरपालिका–२६ सामाखुशी बस्ने ४१ वर्षीया सविना शाक्य भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पुष्टी गरेको हो ।

जिल्ला अदालत काठमाडौं बाट उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेकी सविनालाई काठमाडौं महानगरपालिका–२८ डिल्लीबजारबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ सविनालाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology