Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

लियो क्लब अफ गोरखाको अध्यक्षमा राज गुरुङ निर्विरोध चयन


2.3K
Shares

लियो क्लब अफ गोरखाको अध्यक्षमा राज गुरुङ निर्विरोध चयन

गोरखा, १५ बैशाख । लियो क्लव अफ गोरखाको अध्यक्षमा राज गुरुङ निर्बिरोध निर्वाचित भएका छन् । क्लबको गोरखा सदरमुकाममा भएको ३८औँ भेलाले गुरुङलाई निर्बिरोध अध्यक्षमा चयन गरेको हो ।

सोही भेलाले प्रथम उपाध्यक्षमा प्रबिन उपरकोटि, द्वितीय उपाध्यक्षमा कोपिला गुरुङ, सचिवमा रचना बसेल, सह सचिवमा रबि बोगटि, कोषाध्यक्षमा ब्लेशन बयलकोटी र सह कोषाध्यक्षमा सलिना अछामिलाई सर्व सम्मत रुपमा चयन गरेको हो ।

क्लबको पिआरओमा पुजा थापा, सचेतकमा रबिना रम्तेल, टेमरमा र बिरेन्द्र रोका सर्वसम्मत चयन भएका छन् ।

जिल्ला परिषद् ३२५ जे नेपालका अध्यक्ष बालकृष्ण परियारको उपस्थितीमा भएको भेलामा लियो क्लव अफ गोरखाका पुर्व अध्यक्ष तथा लायन्स क्लव अफ गोरखाका निर्वाचित अध्यक्ष अयोध्या जोशि, पुर्व अध्यक्ष यम बसेलले शुभ कामना मन्तब्य राखेका थिए ।

साथै सोही कार्यक्रममा लियो क्लव अफ गोरखाबाट जिल्ला परिषद् ३२५ जे नेपालका अध्यक्षमा भर्खरै निर्वाचित बालकृष्ण परियारलाइ सम्मान समेत गरीएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology