गोरखा, १५ बैशाख । गोरखामा हिजो परेको चट्याङमा लागेर घाईते भएका १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शहिदलखन गाउँपालिका–१ बक्राङका ४२ बर्षिय राजु खनाल भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी ध्रुवप्रसाद शर्माले जानकारीदिनुभयो ।
आइतबार साँझ ७ः५० बजे परेको चट्याङ लागेर खनाल गंभिर घाईते भएका थिए । उनको उपचारकै क्रममा गए राती ज्यान गएको सूचना अधिकारी शर्माले जानाकारी दिए ।
बताउनुभयो ।
उहाँका अनुसार सोही समयमा हिजो नै पालुङटार नगरपालिका–७ को च्याङलीमा परेको चट्याङमा परी ५० बर्षकी सुकमायाँ आले, १८ बर्षिया विपना आले घाईते भएकी सूचना अधिकारी शर्माले जानकारी दिनुभयो ।
घाईते मध्ये खनालको गोरखा अस्पतालमा र अन्य २ जनाको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भई रहेको गोरखा प्रहरीले जनाएको छ ।