Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखामा सुस्त मनस्थिती भएकी महिलालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ


2.9K
Shares

गोरखामा सुस्त मनस्थिती भएकी महिलालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

गोरखा, १२ बैशाख । सुस्त मनस्थिती भएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले १ जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पालुङटार नगरपालिका–८ का ४३ बर्षिय पोडे भन्ने राजु नेपाली भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी ध्रुवप्रसाद शर्माले जानकारी दिनुयभो ।

आरोपित पोडेले बैशाख ९ गते दिउसो ४ः३० बजेको समयमा सुस्त मनस्थिती भएकी ३३ बर्षिया महिला ०८१–०८२ ‘ध’ कुमारी नाम परिवर्तनलाई स्थानिय जंगलमा लगी जबरजस्ती बलात्कार गरेको भन्दै आफन्तले उजुरी दिएका थिए ।

उजुरी लगत्तै बैशाख १० गते बुधबार पक्राउ गरी ११ गते बिहीबार नै जबरजस्ती करणी शिर्षकमा मुद्वा दर्ता गरिएको र गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागी म्याद थप गरीएको छ ।

उनलाई प्रहरीको हिरासतमा राखी अनुसन्धान सुरु गरीएको सूचना अधिकारी शर्माले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology