Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखा अदालतले जरिवाना तोकेका फरार प्रतिवादी पक्राउ


2.1K
Shares

गोरखा अदालतले जरिवाना तोकेका फरार प्रतिवादी पक्राउ

गोरखा, १२ बैशाख । गोरखा जिल्ला अदालतले ११ लाखभन्दा बढी जरिवाना तोकेको १ जना फरार प्रतिवादीलाई गोरखा प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

पक्राउ पर्नेमा साविक ल्हो गाउँ विकास समिति–८ का ४४ बर्षिय सोनाम दोर्जे लामा भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी ध्रुवप्रसाद शर्मा भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार गोरखा जिल्ला अदालतले २०७८ साल असोज १० गते अवैध विदेशी मुद्रा ओसारपसार मुद्वामा ११ लाख ६ हजार ७९० रुपैयाँ जरिवाना तोकेपछी फरार भएका थिए ।

फरार लामालाई बैशाख ११ गते अदालत पेश गरेकोमा जरिवाना रकम दाखिला गर्न नसकेपछी दैनिक ३०० रुपैयाँका दरले कट्टा हुनेगरी १० कैद तोकी सोही दिन गोरखा कारागार चलान गरीएको सूचना अधिकारी शर्माले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology