Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको बारपाक, सुलिकोट गाउँपालिकामा वैशाख १२ गते, सार्वजनिक बिदा


2K
Shares

गोरखाको बारपाक, सुलिकोट गाउँपालिकामा वैशाख १२ गते, सार्वजनिक बिदा

गोरखा, ९ बैशाख । गोरखाको बारपाक, सुलिकोट गाउँपालिकाले वैशाख १२ गते, शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । २०७२ वैशाख १२ गते बारपाक केन्द्र बनेर ‘गोरखामा भूकम्प’ गएको दिनको स्मृतिमा शुक्रबार बिदा दिने गाउँपालिकाले निर्णय गरेको गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

सार्वजनिक विदाका दिन पालिका भित्रका सरकारी तथा गैरसरकारी कार्यालयहरु, बिद्यालय, स्वास्थय संस्था लगायतका सवै बन्द रहने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सोही दिनको सम्झनामा एक कार्यक्रम आयोजना गरी भूकम्प स्मृति दिवस मनाउने भएको छ ।

भुकम्पको केन्द्रविन्दु बारपाकमा आयोजना हुने कार्यक्रम नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री एवं गोरखा क्षेत्र नं २ का संघीय सांसद पुष्पकमल दाहाल (प्रचण्ड), माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजि श्रेष्ठ र गण्डकी प्रदेशका मुख्यमन्त्रि सुरेन्द्रराज पाण्डे लगायत सहभागी हुने पालिक अध्यक्ष भट्टले बताउनुभयो ।

२०७२ साल बैशाख १२ गते ११ बजे र ५६ मिनेटमाम ७.८ म्याग्निच्युडको भुकम्पका कारण ९ हजारभन्दा बढीको ज्यान गएको थियो भने सयौं घाइते भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology