Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखामा १ बर्षमा अनलाईन फिसिङ मार्फत ४ जना ठगीए


1.8K
Shares

गोरखामा १ बर्षमा अनलाईन फिसिङ मार्फत ४ जना ठगीए

गोरखा, ५ बैशाख । गोरखमा नन्कली इमेल वा सन्देश फिसिङका घटना बढ्न थालेको छ । बैंक तथा ई–सेवा री एक्टिभ गर्न भन्दै ओटिपी कोड मागेर जिल्ला भित्रका ४ जनाको ७ लाख ८ हजार ९०० रुपैयाँ ठगी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो ।

नक्कली ईमेल वा सन्देश पठाएर ब्यत्तीको बैंक वा सामाजिक सञ्जालको लगइन विवरण चोरी गर्ने प्रयास गरेको सूचना अधिकारी शर्माले बताउनुभयो ।

उनीहरुले ठगी गरेकाहरुलाई हामी तपाईको बैंकको कर्मचारी हौं, तपाईको बैंक खातामा समस्या देखिएको छ, हामी तपाईको मोवाईलमा कोर्ड पठाउछौं, तपाईले भनिदिएपछी खाता पुनः सञ्चालन हुन्छ भन्दै झुक्यानमा पारी ओटिपी कोड लिएर रकम ठगी गरेको पाईएको उहाँले जानकारी दिनुभयो ।

गठीमा पर्नेहरुमा भिमसेन थापा गाउँपालिका–६ बस्ने बैदेशिक रोजगारीमा रहेका १ जना पुरुषको एनएमबी बैंकको खाताबाट १७ हजार ९०० रुपैयाँ गएको ०८० साल साउन १५ गते ठगीमा गरेका थिए भने गोरखा नगरपालिका–७ का एक जना पुरुषबाट साउन ३० गते २ लाख ६५ हजार रुपैयाँ एनएमबी बैंकको खातामा पुहुच पुर्याएर ठगी गरेका थिए ।

गत बर्षकै चैत्र ७ गते गोरखा नगरपालिका–६ बस्ने बैंककी कर्मचारीलाई झुक्यानमा पारी १ लाख ९६ हजार र बारपाक सुलिकोट गाउँपालिका–२ बस्ने १ जनाबाट २ लाख ३० हजार रुपैयाँ ठगी गर्न सफल भएको थियो । १ बर्षमा यसरी ४ जना ठगी भएसंगै गोरखा प्रहरीले सबैलाई सचेत रहन र ओटिपी कोड कसैलाई पनि नदिन भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology