गोरखा, २ बैशाख । गोरखा बुंकोटका १ जना युवक त्रिशुली नदीमा मृत्त फेला परेका छन् । मृत्तक ब्यती शहिद लखन गाउँपालिका(७ बुङकोट घर भएका २९ वर्षीय निरञ्जन खनाल भएको पुष्टी भएको चितवन प्रहरीले जनाएको छ । खनालको मृत्त शरिर देवघाट गाउँपालिका(५ बुद्धचोकस्थित त्रिशुली नदीको किनारमा फेला परेको हो ।
सोमबार मृत अवस्थामा फेला परेका उनको कानूनी प्रकृया पुरा गरेर शव आफन्तलाई बुझाएको चितवन प्रहरीले जानकारी दिएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।