Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

बुढीगण्डकीले बगाएर बेपत्ता एक बालकको शव ९ दिनपछि भेटियो


2.3K
Shares

बुढीगण्डकीले बगाएर बेपत्ता एक बालकको शव ९ दिनपछि भेटियो

गोरखा, ३१ चैत ः बूढीगण्डकी नदीले बगाएर बेपत्ता भएका एक बालकको ९ दिनपछि शव फेला परेको छ । गण्डकी गाउँपालिका–८, घ्याल्चोकस्थित बसेरीका १२ बर्षका निकेश नेपालीको आज शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो ।

यहीँ चैत २३ गते साँझ ६ बजेको समयमा बूढीगण्डकी नदीमा पौडी खेल्नेक्रममा नेपालीलाई नदीले बगाएर बेपत्ता बनाएको थियो । घटनाको जानकारी पाएलगत्तै प्रहरी र स्थानीयबासीले बालकको खोजी तिव्र पार्दै पारेको थियो । मृतकको शव सोही गाउँपालिकाको वडा नम्बर ७ घ्याल्चोक नजिकै त्रिशुली नदीको भंगालमा फेला परेको प्रहरी निरीक्षक शर्माले बताउनुभयो ।

वालकको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोरको टोली पनि परिचालन गरिएको थियो । नदी किनारमा बालकको शव सडेगलेको अवस्थामा भेटिएको हो । घ्याल्चोक प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले शवको मुचुल्का उठाएर पोष्टमार्टमका लागि प्राथामिक स्वास्थ्य चौकी गजुरी पठाएकोमा पोष्टमार्टम सकेर अन्येन्टीका लागि परिवारलाई बुझाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology