गोरखा, २८ चैत । उत्तरी गोरखाको ठुलो भिरबाट लडेर १ जना पुरुष गंभिर घाईते भएका छन् । घाईते हुनेमा बारपाक सुलिकोट गाउँपालिका–७ अमले देउराली घरभई हाल चितवन निवासी ६६ बर्षका धनबहादुर गुरुङ भएको वडाध्यक्ष कृण्ण गुरुङले जानकारी दिनुभयो ।
वडाध्यक्ष गुरुङका अनुसार दाजु बितेर परिवार भेट गोरखा आएका उहाँ हिडेर जादै गर्दा बुधबार ठुलो भिर भन्ने स्थानबाट लड्नु भएको थियो । घाईते गुरुङ भिरबाट ६५ मिटर तल खसेका थिए । घाईते गुरुङको टाँउकोमा गंभिर चोट लागेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
घाईतेलाई उद्वार गरी गोरखा अस्पतामा सामान्य उपचार पछी थप उपचारकोलागि चितवन रिफर गरीएको पनि सूचना अधिकारी सुवेदीले बताउनुभयो ।