Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

कार्यवाहक प्रधानमन्त्रीसहितको सरकारी टोलीले बोलाएको वार्तामा गएन शिक्षक महासंघ


2K
Shares

कार्यवाहक प्रधानमन्त्रीसहितको सरकारी टोलीले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

काठमाडौं,२२ चैत । आन्दोलनरत शिक्षक महासंघको प्रतिनिधिसँग कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह सहितको टोलीले छलफल गर्न आज ३ बजेका लागि सिंहदरबारमा बोलाइएको थियो । तर, महासंघले वार्तालाई खारेज गरेको जनाएको छ ।

“वार्तामा बोलाएको हो । तर वार्तालाई हामीले खेर गर्‍यौं । वार्ता होइन शिक्षा ऐन खोजेको हो,’ आन्दोलन परिचालन समितिको संयोजक एंव महासंघको सहअध्यक्ष नानुमाया पराजुलीले भन्नुभयो, “हामी आन्दोलनको मैदानमा छौँ । सिंहदरबार जादैनौं ।’

बिहीवार कार्यवाहक प्रधानमन्त्री सिंहको अध्यक्षतामा सरकारी सरोकारवाला पक्षबीच छलफल भएको थियो । त्यसलगत्तै सरकारी टोलीले महासंघलाई बोलाएको हो ।

आज हुने छलफलमा गृहमन्त्री, मुख्य सचेतक, प्रमुख सचेतक पनि सहभागी हुने बताइएको छ । शिक्षक महासंघको टोली नगएपनि सरकारी टोली भने छलफलमा सहभागी भएका छन् ।

शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरबाट शिक्षकहरू काठमाडौ आएका छन् । २० चैतदेखि उनीहरूले काठमाडौमा प्रदर्शन गरिरहेका छन् । गत २०८० असोजमा भएको सहमति अनुसार ऐन जारी गर्न शिक्षकहरूले माग गरिरहेका छन् । पटकपटक सम्झौता गरेर सरकारले धोका दिएको भन्दै महासंघले अन्तिम लडाइँ भएकाले सहमति मात्र नगर्ने अडान लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology