काठमाडौं,२२ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ भन्सार कर घोषणा गरेसँगै विश्वभरका सेयर बजारमा ठूलो गिरावट देखिएको छ । यो सन् २०२० पछि देखिएको सबैभन्दा ठूलो गिरावट हो ।
बीबीसीका अनुसार ट्रम्पको नयाँ भन्सार करका कारण वस्तुहरूको मूल्य वृद्धि हुने संकेत देखिएको छ र यसको प्रभाव अमेरिका तथा अन्य देशहरूको आर्थिक वृद्धिमा पर्ने अनुमान गरिएको छ ।
विशेषगरी, एशिया(प्रशान्त क्षेत्रका सेयर बजारहरूमा लगातार दोस्रो दिन पनि गिरावट आएको छ । अमेरिकी एस एन्ड पी ५०० बजार सूचकांकका लागि यो सन् २०२० पछि सबैभन्दा खराब दिन रह्यो ।
पाँच वर्ष अगाडि कोभिड(१९ महामारीका कारण विश्व अर्थतन्त्र धराशायी भएको थियो । नाइकी, एप्पल र टार्गेट जस्ता ठूला कम्पनीहरू सबैभन्दा बढी प्रभावित भए, जसका सेयर मूल्यहरू ९ प्रतिशतभन्दा बढीले घटेका छन् ।
एस एन्ड पी ५०० एक प्रमुख सेयर बजार सूचकांक हो, जसले अमेरिकी स्टक एक्सचेन्जमा सूचीबद्ध ५०० अग्रणी कम्पनीहरूको अवस्थालाई मापन गर्छ । ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै वैश्विक आयातमा १० प्रतिशत भन्सार कर लगाउने योजना रहेको बताएका छन् ।
उनको दाबी अनुसार यसले अमेरिकी अर्थतन्त्रमा सुधार ल्याउनुका साथै संघीय राजस्व वृद्धि गर्न मद्दत गर्नेछ । यता, चीन र युरोपियन युनियनले ट्रम्पको भन्सार कर घोषणापछि प्रतिकारात्मक कदम चाल्ने संकेत दिएका छन् ।