Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अब लकडाउनका बेला सवारी चलाउन इपास : कसरी लिने इपास यो हेर्नुहोस !


8.7K
Shares

अब लकडाउनका बेला सवारी चलाउन इपास : कसरी लिने इपास यो हेर्नुहोस !

काठमाडौं २, बैशाख । लकडाउनका बेला अत्याबश्यक सवारी चलाउन जिल्ला प्रशासन कार्यालयमा पुगेर पास लिनुपर्ने व्यवस्थाले थप कोरोनाभाइरसको जोखिम बढ्नसक्ने देखिएका बेला जेनएक्सले इपासको व्यवस्था गरेको छ। जेनएक्सले ल्याएको इपास आजदेखि प्रयोगमा आएको छ। गृहमन्त्रालयसँग समन्वय गरेर जेनएक्सले बनाएको इ पासको सिस्टमबाट खाद्यन्न ढुवानी, बिरामी ओसारपसार, शववाहन लगायतका अति आवश्यक कामका लागि पास डिजिटल सिस्टमबाटै गर्न सकिनेछ।

‘अहिलेको अवस्थामा संक्रमण सर्ने डर छ। पास लिन जानेको जिल्ला प्रशासन कार्यालयमा भिड हुन थाल्यो। पास लिन जाने र वितरण गर्ने दुवै असुरक्षित देखेपछि हामीले यो कन्सेप्ट बनाएका हौं,’ स्थाका प्रवन्ध निर्देशक सोहन श्रेष्ठले भन्नुभयो, ‘भूकम्पका बेला अलिअलि ट्याक्सी गुडेका थिए। अहिले त त्यो पनि छैन। बुढानिलकण्ठमा कोही विरामी भए पास लिन बबरमहल आउनुपर्ने अवस्था अन्त्यका लागि यो सिस्टम बनाएका हौं।’

कम्पनीले मानविय सेवा र सामाजिक उत्तरदायित्व बहन गर्दै निशुल्क इ–पासको सिस्टम बनाएको जनाएको छ।

कसरी लिने इपास ?

लकडाउनको समयमा कसैलाई पास आवश्यक परे आफ्नो मोवाइल नम्बर टाइप गरेर १११२ मा एसएमएस गर्नुपर्नेछ। एसएमसपछि म्यासेज बस्कमा लिंक आउँछ। लिंक खोलेपछि गृहमन्त्रालयको पेज खुल्छ।

पेज खुलेपछि जिल्ला छानेर आवश्यक विवरण र कागजात अपोलोड गर्नुपर्नेछ। सबै विवरण हेरपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयले पास दिने वा नदिने निर्णय गर्छ। पासका लागि गरिएको अनुरोध स्विकृत भएको वा नभएको जानकारी पुनः एसएमसमार्फत नै आउँछ। एसएमएस गरेको र लिंक खुल्दा नेपाल टेलिकम, एनसेल र स्मार्टसेलले पैसा काट्दैनन्। यदी पास स्विकृत भएको खण्डमा ६ अंकको कोड आउँछ। त्यो कोड लिएर सवारी चलाउन सकिन्छ।

प्रहरीले चेकजाँच गर्दा त्यही ६ अंकको कोड माग्छ। प्रहरीका लागि बनाइको सिस्टममा त्यो कोड हालेपछि अनुमति प्राप्त क्षेत्र, मिति, सवारी साधनको नम्बर आदी देखाउँछ। यसले प्रहरीले समेत टाढैबाट चेकजाँच गर्न सक्छ। इ–पासको सिस्टम सबै हिसाबले जोखिम र झन्झट रहित रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology