Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखामा लागू औषध सहित २ जना युवक पक्राउ


3.6K
Shares

गोरखामा लागू औषध सहित २ जना युवक पक्राउ

गोरखा, १८ चैत । गोरखा बजारबाट लागू औषध सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले ठुलो परिमाणमा लागू औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा शहिद लखन गाउँपालिका–६ का २७ बर्षिय बिशाल बसेल र भिमसेन थापा गाउँपालिका–१ घर भई हाल गोरखा नगरपालिका–६ बस्दै आएका नरेश बराम भएको उहाँले बताउनुभयो ।

चैत्र १५ गते शुक्रबार दिउसो १ः३० बजेको समयमा गोरखा सदरमुकामको घ्याम्पेशाल बसपार्कमा शंकास्पद अवस्थामा बसेललाई प्रहरीले पक्राउ गरेको थियो । बसेलको साथबाट प्रहरीले लागू औषध म्ष्बशभउबm २ एम्पुल, एजभलभचनबल २ एम्पुल, ल्इइएज्क्ष्ल् १ एम्पुल र क्ष्एएी १ एम्पुल फेला पारेको थियो ।

प्रहरीले बसेलले उक्त लागू औषध बरामबाट खरिद गरेको बयान दिएपछी उनको कोठा खनतलासी गर्दा प्रहरीले क्ष्एएी २१ एम्पुल, ल्इइएज्क्ष्ल् ४६ एम्पुल, म्ष्बशभउबm ६७ एम्पुल, एजभलभचनबल ६७ एम्पुल गरी कुल २०१ एम्पुल बरामद गरेको थियो ।

पक्राउ परेका दुवै जनालाई प्रहरीले लागू औषध नियन्त्रण ऐन, २०३३ अन्रतर्गत मुद्वा दर्ता गरी अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको सूचना अधिकारी सुवेदीले बताउनुभयो ।

गोरखा प्रहरीले केही समय यतादेखी लागू औषध ओसार पसार तथा बिक्री बितरण एवं सेवन कर्ताहरुको शुष्म अध्ययन गरी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology