Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

प्रेस सेन्टरको अध्यक्षमा गिरी निर्वाचित, अरू कुन पदमा कसले जिते ?


2.2K
Shares

प्रेस सेन्टरको अध्यक्षमा गिरी निर्वाचित, अरू कुन पदमा कसले जिते ?

गोरखा, १८ चैत । प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी निर्वाचित भएका छन् । गएराति सम्पन्न मतगणनाको परिणामअनुसार ३३६ मत ल्याएर गिरी अध्यक्षमा विजयी भएका हुन् ।

गिरीले ३६६ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी दीपेन्द्र रावलले १७५ मत मात्रै पाए । यसअघि गिरी वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो भने, रावल उपाध्यक्ष हुनुहुन्थ्यो ।

सेन्टरको वरिष्ठ उपाध्यक्षमा ३९७ मतका साथ सुरेशचन्द्र अधिकारी विजयी हुँदा उहाँका प्रतिस्पर्धी सुदीप बर्देवाले १११ मत पाउनुभयो । ५ जना उपाध्यक्ष भने निर्विरोध निर्वाचित भएका छन् ।

उपाध्यक्ष खुलामा रामसिंह ठगुन्ना, लक्ष्मण खड्का र विवेक गौतम, उपाध्यक्ष महिलामा शान्ता अधिकारी र उपाध्यक्ष समावेशीमा दीपक श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । महासचिवमा मनोज घर्तीमगर निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology