गोरखा१७ चैत । भिमसेन थापा गाउँपालिकाको अश्राङमा भएको निःशुल्क मुटु स्वास्थ्य शिविरमा ६३७ जनाले सेवा लिएका छन् । हिजो शनिबार भएको निःशुल्क शिविरमा उक्त संख्यामा सर्व साधारणहरुले सेवा लिएको सहजकता परशुराम पन्तले जानकारी दिनुभयो ।
संम्भव नेपाल नामक गैर सरकारी संस्थाको आयोजनामा शहिद स्मृती आधारभूत अस्पताल अश्राङमा शिविर भएको थियोे । भिमसेन थापा गाउँपालिकाको समन्वय, त्रिवि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको प्राविधिक सहयोग र जयन्ती मेमोरियल ट्रष्टको सहयोगमा शिविरको आयोजना गरीएको सहजकता पन्तले बताउनुभयो ।
त्रिवि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका विशेषज्ञ डा।चन्द्रमणी पौडेलको नेतृत्वमा आउने चिकित्सकहरुको टोलीले शिविरमा आउने सेवा ग्राहीहरुको स्वास्थ्य जाँच गराएको उहाँले बताउनुभयो ।
डा.पौडेलको नेतृत्वमा १६ जनाको चिकित्सक टोलीले ३७५ जनाको ईसिजी ३७० जनाको इको गराएको पनि उहाँको भनाई छ ।
शिविर सेवा लिएका मध्ये १६ जनाको अवस्था जटिल देखिएपछी उनीहरुलाई त्रिवि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर काठमाडौं आउन भनिएको छ ।