Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

उत्तरी गोरखाको खोर्लाबेशीमा भिरबाट लडेर पथ प्रदशकको मृत्यु


1.4K
Shares

उत्तरी गोरखाको खोर्लाबेशीमा भिरबाट लडेर पथ प्रदशकको मृत्यु

गोरखा, १४ चैत । उत्तरी गोरखामा आज बिहान भिरबाट लडेर एकजना पथ प्रदशकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला, सोताङ गाउँपालिका–४ घर भएका ५४ बर्षिय सार्की शेर्पा भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी (डिएसपी) ईन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

अमेरिकी नागरिक लिएर मनासलु पद यात्रामा निस्किएका शेर्पाको धार्चे गाउँपालिका–३, खोर्लाबेशीस्थित बुढीगण्डकी नदी किनारमा लडेर मृत्यु भएको सूचना अधिकारी सुवेदीले बताउनुभयो ।

बिहान ९ बजे हिडीरहेका शेर्पा अचानक लड्न पुग्दा उहाँको टाउकोमा गम्भीर चोट लागेको थियो । घाईते शेर्पालाई स्थानीय धार्चे आधारभूत अस्पतालमा उपचारको क्रममा बिहान ९ः५० बजे चिकित्सकले मृत घोषित गरेको डिएसपी सुवेदीले जानकारी दिनुभयो ।

ईन्फो नेपाल ट्रेकिङ एजेन्सीमार्फत आएका शेर्पाको शव अहिले धार्चे आधारभुत अस्पतालमा राखिएको गोरखा प्रहरीले जानकारी दिएको छ ।
घटनास्थलमा प्रहरी चौकी माछाखोलाबाट प्रहरी खटिएको र अनुसन्धान भइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology