Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखाका ८ वटा स्थानीय तहहरुलाई ८० वटा थर्मल गन बितरण


1.8K
Shares

गोरखाका ८ वटा स्थानीय तहहरुलाई ८० वटा थर्मल गन बितरण

गोरखा २, बैशाख- बिश्वभर महामारीको रुपमा फलदै गएको कोरोना भाइरस (कोभिड १९ ) का बिरुद्ध लड्न गोरखाका ८ वटा स्थानीय तहहरुलाई ज्वरो नाप्ने उपकरण (थर्मल गन ) बितरणग रिएको छ युएनडीपिले गोरखा तथा पालुङटार नगरपालिका, धार्चे, सिरानचोक, गण्डकी, आरुघाट,शहिदलखन र अजिरकोट सहित ८ वटा पालिकालाई थर्मल गन बितरण गरेको हो ।

गोरखा जिल्ला अस्पताललाई सहित नगरपालिकालाई १६ थान, पालुङटार नगरपालिका १२ शहिदलखन १०, आरुघाट १०, गण्डकी ९, धार्चे ८, सिरानचोक ८ र अजिरकोट गाउँपालिकालाई ६ वटा थर्मल गन उपलब्ध गराइएको नेपाल आवास पुनर्निर्माण परियोजना गोरखाका जिल्ला संयोजक राम सापकोटाले जानकारी दिनुभयो ।

जिल्ला भित्र बाँकी रहेका ३ वटा स्थानीय तहहरुमा भोलीसम्म उपकरण बितरण गरिसक्ने उहाँले बताउनुभयो । थर्मल गन प्राप्त भएसंगै पालिका भित्रका स्वास्थ्य संस्थाहरुमा कोरोनाको आशंका गरिएका बिरामीको ज्वरो परीक्षणका लागि स्वास्थ्यकर्मीहरुलाई सजिलो भएको शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले जानकारी दिनुभयो ।

‘गाउँपालिकाले पनि खरिदका लागि प्रयास गर्दै आएको थियो, उहाँले भन्नुभयो, बजारमा यसको अभावका कारण भनेको समयमा उपलब्ध गराउन सकिएको थिएन, युएनडिपीले सहयोगले सजिलो भएको छ ।’ यस अघि पनि युएनडिपीले जिल्ला भित्रका सवै स्थानीय तहहरुलाई सर्जिकल मास्क पनि बितरण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology