Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

एसईईमा झन्डै आठ हजार विद्यार्थी अनुपस्थित


1.6K
Shares

एसईईमा झन्डै आठ हजार विद्यार्थी अनुपस्थित

काठमाडौ, १३ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा झन्डै आठ हजार विद्यार्थी अनुपस्थित भएका छन् । राष्ट्रिय परीक्षा बोर्डकाअनुसार ७ चैतदेखि सुरु परीक्षामा अनुपस्थित विद्यार्थीको सङ्ख्या सात हजार ८ सय ७९ पुगेको छ  ।

यस वर्ष एसईईमा सहभागी हुन फारम भर्ने र प्रवेश–पत्र लिने विद्यार्थीको सङ्ख्या पाँच लाख १४ हजार ७१ थियो । पहिलो दिन चैत ७ मा ठूलो सङ्ख्यामा विद्यार्थी परीक्षा दिन नआएको देखिएको बोर्डका कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताउनुभयो ।

उहाँकाअनुसार अनुपस्थित हुने मुख्य कारण रोजगार, स्वास्थ्य समस्या, घरायसी बाध्यता तथा विदेश पलायन भएका हुन् । कतिपय विद्यार्थी पढाइमा रुची नभएर वा परीक्षा दिन आलस्य गरेर पनि अनुपस्थित हुने गरेको पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology