गोरखा, ११ चैत । गोरखा नगरपालिका वडा नम्बर ८ आहाले स्थित श्री सरस्वती माबिको विद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा शरदबाबु कट्टेललाई सर्बसम्मत चयन हुनुभएको छ ।
विद्यालय व्यवस्थापन समिति पुर्नगठनका लागि आयोजित अभिभावक भेलाबाट निर्वाचित जेष्ठ सदस्य राधा भट्ट खत्रीको अध्यक्षतामा बसेको बैठकले कट्टेललाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको प्रधानाध्यापक मेधनाथ लामिछानेले जानकारी दिनुभयो ।
यसअघि भेलाबाट निर्वाचित सदस्यहरुको बैठकले शिक्षा ऐन २०७४ अनुसार शरदबाबु कट्टेल र कृष्णकुमारी बुढाथोकीलाई सदस्यमा मनोनित गरेको थियो ।
त्यस्तै गुणस्तर लेखाजोखा तथा सुपरीवेक्षण समितिका अध्यक्ष राजेन्द्र कट्टेलको अध्यक्षतामा बसेको बैठकले समाजसेवी अमृत वि.कलाई समितिको सदस्य पदमा मनोनित गरेको छ ।