Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखामा आठ महिनामा १३३ जनामा क्षयरोग सङ्क्रमण


2.3K
Shares

गोरखामा आठ महिनामा १३३ जनामा क्षयरोग सङ्क्रमण
गोरखा, ११ चैत । गोरखामा आठ महिनाको अवधिमा जिल्लाभर एक सय ३३ जनामा क्षयरोग पहिचान गरिएको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा यहाँका एघारवटै पालिकामा सो परिमाणमा क्षयरोगका बिरामी फेला परेका हुन् ।
प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी नवराज खड्काका अनुसार ७८ पुरुष र ५५ महिलामा क्षयरोग सङ्क्रमण पुष्टी भएको हो । बारपाक सुलिकोट गाउँपालिकामा सवैभन्दा बढी २६ जनामा क्षयरोग सङ्क्रमण भएको छ ।
भीमसेनथापा गाउँपालिकामा २५, गोरखा नगरपालिकामा २१  तथा पालुङटार नगरपालिकामा १९ जनामा क्षयरोग सङ्क्रमण पुष्टी भएको छ ।
यस्तै आरुघाट गाउँपालिकामा १४, सहिद लखन गाउँपालिकामा ९, अजिरकोट गाउँपालिकामा ५, धार्चे गाउँपालिकामा ५, सिरानचोक गाउँपालिकामा ४, गण्डकी गाउँपालिकामा ३ र चुमनुब्री गाउँपालिकामा दुई जनामा क्षयरोग देखिएको सूचना अधिकारी खड्काले बताउनुभयो । गत आर्थिक वर्षमा जिल्लामा २३२ जनामा क्षयरोग सङ्क्रमण पुष्टी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology