गोरखा, ९ चैत । प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट आज गोरखाका तीन जनालाई पुरस्कृत गर्नुभएको छ ।
पुरस्कृत हुनेहरुमा गोरखाका कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ विज्ञान प्रविधितर्फ गोरखाका हरिराम श्रेष्ठ र समाजसेवातर्फ गोरखाका रामजी अधिकारी रहनुभएको छ ।
उहाँहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कृत गर्नुभएको हो । नेपाल सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने प्रतिभाशाली व्यक्तिलाई पुरस्कार दिने घोषणा राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा गरेको थियो ।