Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

सहिद लखन गाउँपालिकामा वन डढेलो नियन्त्रण तथा लागुऔषध सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न


3K
Shares

सहिद लखन गाउँपालिकामा वन डढेलो नियन्त्रण तथा लागुऔषध सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

गोरखा, ९ चैत । गोरखाको सहिद लखन गाउँपालिकामा समुदाय साझेदारी कार्यक्रम अन्र्तगत वन डढेलो नियन्त्रण तथा लागुऔषध सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिका वडा नम्बर ६ स्थित ज्यामिर स्वाँरामा प्रहरी र स्थानीयबासीको सहभागितामा सचेतना कार्यक्रम सञ्चालन गरिएको हो । घैरुङ प्रहरी चौकीबाट प्रहरी साहायक निरीक्षक रामसागर चौधरीको नेतृत्वमा गएको प्रहरीको टोलीले स्थानीय बुद्दीजिवी, समाजसेवीलगायत सर्वसाधारणलाई भेला गरेर हिउँदका बेला हुन सक्ने आगलागीको घटना न्युनीकरणका लागि सचेतना प्रदान गरेको हो ।

त्यस्तै गण्डकी गाउँपालिका–६ चिसापानीमा पनि प्रहरी चौकी भुम्लिचोक गोरखाबाट प्रहरी साहायक निरीक्षक देवप्रसाद पाठकको नेतृत्वमा वन डढेलो नियन्त्रण तथा लागूऔषध सम्बन्धी सचेतनामुलक प्रशिक्षण प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology