एजेन्सी, ८ चैत । आतङ्कवाद विरुद्धको सहकार्य बढाउन भारत र न्युजिल्याण्ड सहमत भएका छन् । भारत भ्रमणका क्रममा रहेका न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले द्विपक्षीय तथा बहुपक्षीय माध्यमबाट हिंसात्मक अतिवाद र आतङ्कवादविरुद्ध सहकार्य गर्न सहमति जनाएका भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।
भेटवार्ताका क्रममा व्यापार, लगानी, रक्षाजस्ता क्षेत्रमा सहकार्य बढाउने विषयमा पनि सहमत भएको खबरमा उल्लेख छ ।