Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

विद्यार्थी भर्ना अभियानको नाममा पुनः भर्ना शुल्क लिन प्रतिबन्ध


1.7K
Shares

विद्यार्थी भर्ना अभियानको नाममा पुनः भर्ना शुल्क लिन प्रतिबन्ध

तनहुँ, ८ चैत्र । तनहुँको आँबुखैरेनी गाउँपालिकाले विद्यार्थी भर्ना अभियानको नाममा पुनः भर्ना शुल्क नलिन सम्पूर्ण निजी तथा सामुदायिक विद्यालयलाई पत्राचार गरेको छ । भर्नाको नाममा चरम रकम असुली गरिरहेको गुनासो पुगेपछि गाउँपालिकाले त्यस्ता कार्य गर्ने, गराउने संस्थालाई तत्काल कारबाहीको दायरामा ल्याउने चेतावनी दिएको हो ।

शिक्षा नियमावली अनुसार कुनै एउटा कक्षामा शुल्क लिई भर्ना गरिसकेपछि अर्को कक्षाहरूमा पुनः भर्ना शुल्क नलिन भन्दै गाउँपालिकाले नियमावली विपरीत जानेलाई कडा कारबाही गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताउनुभयो ।

भर्नाको नाममा नियमभन्दा बाहिर रहेर रकम लिएको पाइएमा नियम अनुसार कारबाही गर्ने र रकम फिर्तासम्म गराउने उहाँले बताउनुभयो । शिक्षा ऐन, २०२८ को दफा १६ घ ृ३े, शिक्षा नियमावली, २०५९, को परिच्छेद– २५, नियम १४६, आँबुखैरेनी गाउँपालिका शिक्षा ऐन, २०७९ को दफा ३५ ृ२े बमोजिम विद्यार्थीलाई कुनै कक्षामा भर्ना गर्दा एक पटक भर्ना शुल्क लिई सकेपछि पुनः सोही विद्यालयको अर्को कक्षामा भर्नाको लागि कुनै किसिमको शुल्क लिन नपाइने शर्मा बताउनुहुन्छ ।

संस्थागत विद्यालय शुल्क निर्धारण तथा मापदण्ड निर्देशिका, २०७२ को दफा १४।१ ृ२े मा विद्यार्थी भर्ना हुँदा एक पटक मात्र जुन कक्षामा भर्ना हुने हो सोही कक्षाको स्वीकृत मासिक शुल्कको एक महिनाको शुल्क लिन पाउने मापदण्ड रहे पनि कानुनले तोकेभन्दा बढी शुल्क लिएको जनगुनासो प्राप्त भएकोले बिहीबार पत्राचार गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रचलित ऐन, नियम, मापदण्ड र निर्देशिका बमोजिम बाहेक विद्यार्थी भर्ना लगायतका अन्य शुल्क नलिन तथा यस अघि प्रचलित कानुनले तोकेभन्दा बढी शुल्क लिएको जनगुनासो प्राप्त भएकोले प्रचलित ऐन, नियम, मापदण्ड र निर्देशिका विपरीत विद्यार्थी भर्ना शुल्क लगायतका अन्य शुल्क लिइएको भएमा सम्बन्धित अभिभावकलाई फिर्ता गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।

अनुगमनको क्रममा प्रचलित ऐन, नियम, मापदण्ड र निर्देशिका विपरीत विद्यार्थी भर्ना शुल्क लगायतका अन्य शुल्क लिइएको पाइएमा कारबाही गरिने शर्माले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology