Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखामा काठको मुढाले लागेर १ जना बृद्वाको मृत्यु


3.1K
Shares

गोरखामा काठको मुढाले लागेर १ जना बृद्वाको मृत्यु

गोरखा, ७ चैत । जंङलमा घाँस काट्न गएकी १ जना बृद्वारको मुढाले लागेर ज्यान गएको छ । ज्यान गुमाउने महिला बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानीकी ६९ बर्षिया बिमायाँ बराम भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

मंगलबार दिउसो १ बजेको समयमा घरबाट बोरीखर्क जंङलमा घाँस काट्न गएकी बराम माथीबाट खसेको रुखको मुढाले लागेर गंभिर घाईते भएको र उपचारको लागि गोरखा अस्पताल तर्फ ल्याउदै गर्दा दिउसो ३ बजे बाटोमा नै ज्यान गएको सूचना अधिकारी सुवेदी बताउनुभयो ।

घटना लगत्तै ईलका प्रहरी कार्यालय जौबारीबाट खटिएको अनुसन्धान टोलीले घटना स्थलमा पुगेर अनुसन्धान गरी रहेको गोरखा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology