Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

सरकारमा जाने बिषय वा अन्य बिषयमा सत्तारुढका कोहि कसैसँग कुराकानी भएको छैन : माओवादी केन्द्र


2K
Shares

सरकारमा जाने बिषय वा अन्य बिषयमा सत्तारुढका कोहि कसैसँग कुराकानी भएको छैन : माओवादी केन्द्र

गोरखा ४ चैत । नेकपा ९माओवादी केन्द्र०ले सरकारमा जाने बारे वा अन्य विषयमा सरकारमा रहेका पार्टीका प्रमुखसहित कुनै पनि नेतासंग कुराकानी नभएको जनाएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रमुख सचिव गोविन्द आचार्यले अध्यक्ष प्रचण्डको सत्तारुढ दलका कोहिपनि कुनै पनि नेतासग सरकार जाने वा अन्य बिषयमा कोहिसग कुराकानी नभएको उल्लेख गर्नुभयो ।

अहिले सरकारमा जाने माओवादीको नीति नरहेको पनि नरहेको भन्दै सरकारले गरिरहेको बेथिति र गलत क्रियाकलापको बिरोध र गणतन्त्र र संविधानको कार्यान्वयनका लागि माओवादीको खबरदारी जारी रहने उल्लेख गर्नुभयो ।

केही सञ्चार माध्यमहरुमा आइतवार माओवादी अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनका नेता एवम काग्रेस सभापति शेरबहादुर देउवासग छलफल गरेको भन्दै समाचार सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology