गोरखा, २ चैत । गोरखाको इतिहास अध्ययन र पर्यटन प्रवद्र्धनका लागि ‘स्रष्टा पदयात्रा’ सुरु भएको छ । देशभरका ३५ जना चर्चित साहित्यकारहरु जिल्लाको इतिहासको अध्ययनका लागि ‘स्रष्टा पदयात्रा’ का लागि गोरखा आइपुगेको गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो ।
‘‘नेपाल एकिकरणको इतिहास बोकेको गोरखाको इतिहास बुझ्न र बुझाउन आवश्यक छ, नगरप्रमुख रानामगरले, ‘‘यसका लागि स्रष्टा पदयात्राको अहम् भूमिका हुनेछ ।’’ गोरखा ऐतिहासिक, सांस्कृतिक र धार्मिक विविधताको हिसावले अन्यन्तै सुन्दर क्षेत्र रहेकाले पदयात्री साहित्यकारको कलमले अव त्यसलाई उजागर गर्ने विश्वास व्यक्त गर्नुभयो ।
पदयात्रा नेपाल काठमाडौँका अध्यक्ष शितल गिरीको नेतृत्वमा श्रष्टा पदयात्रीहरु यहाँ आइपुगेका हुन् । पदयात्राका क्रममा स्रष्टाहरुले जिल्लाको ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको स्थलगत अध्ययन अवलोकन गर्दै लेख रचना, तथा भिडियो डकुमेन्ट्रीमार्फत उजागर गर्नेछन् । पदयात्रामा चर्चित गजलकार ज्ञानुवाकार पौडेल, साहित्यकार खोलाघरे साइलो, शान्ति सापकोटा, हरिश कल्पित, डा. बालचन्द्र मिश्रलगायतको सहभागिता रहेको छ ।
पदयात्रामार्फत गोरखाको इतिहास चिन्न र चिनाउन मद्दत पुग्ने पदयात्राका अध्यक्ष शितल गिरीले बताउनुभयो । ‘‘यहाँ जन्मनु भएका नेपालका प्रथम सहिद लखन थापालाई चिनाउनुहोस्, हामी त्यसलाई खोज्न आएका हौ, उहाँले भन्नुभयो, ‘‘तपाईहरुले चिनाउनुहोस्, हामी लेखिदिन्छौ ।’’ उहाँले स्थानीय कला संस्कृतिलाई जोगाउन सकेमात्र पर्यटकलाई आर्कषित गर्न सकिने बताउनुभयो ।
‘‘गोरखा र गोरखनाथलाई चिनाउन सकेमात्र गोरखाको इतिहास चिन्न सक्छौ, अध्यक्ष गिरीले भन्नुभयो, ‘‘बाहिरबाट आएका पर्यटकलाई गोरखाले के दिने भन्ने बारेमा अब योजना बनाउनुपर्छ ।’’ उहाँले गुरु गोरखनाथको प्रसादको रुपमा रहेको ‘रोट’लाई मात्र चिनाउन सकेपनि जिल्लाको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
पदयात्राले गोरखा भ्रमणबर्षलाई थप उचाइमा पु¥याउनका लागि महत्वपूर्ण सहयोग पुग्ने नगरपालिकाकी उपप्रमुख मसली माया थोकरले विश्वास व्यक्त गर्नुभयो । गोरखा नगरपालिकाले गोरखा भ्रमण बर्षको घोषणा गर्दै ‘गोरखा ःजहाँ इतिहास जिवित छ’ भन्ने नाराका साथ यहाँको इतिहासको प्रवद्र्धन गर्ने योजना अघि बढाएको छ ।