गोरखा १, बैशाख – राष्ट्रिय सभाका सांसद नारायणकाजी श्रेष्ठ (प्रकाश) ले आफ्नो १ बर्षको तलब मध्ये २ महिनाको तलब कोभिड १९ कोष र बाँकी बिपन्न बर्ग केन्द्रित आर्थिक राहत प्याकेजका लागि उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रबक्ता समेत रहनु भएका सांसद श्रेष्ठले सोमबार सामाजिक सञ्जाल मार्फत यस्तो घोषणा गर्नुभएको हो । उहाँले देशले अहिले कोभिड १९ र उत्पन्न संकटको सामाना गरिरहेका बेला सवैको सहयोगको आबश्यकता रहेको समेत उल्लेख गर्नुभएको छ ।
बिपतको घडीमा सवैले एकताबद्ध भएर बिपत्को अन्त्यका लागि आफ्नो आफ्नो ठाँउबाट भूमिका खेल्न समेत नेता श्रेष्ठले अपिल गर्नुभएको छ ।