Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखामा बालिकालाई जबरजस्ती करणीको आरोपमा युवक पक्राउ


2K
Shares

गोरखामा बालिकालाई जबरजस्ती करणीको आरोपमा  युवक पक्राउ

गोरखा १, बैशाख – गोरखामा १५ बर्षिया बालिकालाई बिहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । मकवानपुरको थाहा नगरपालिका–६ घर भई हाल गोरखा नगरपालिका–७ नयाँबजारमा डेरा गरी बस्दै आएका २१ बर्षका सन्तोष श्रेष्ठलाई प्रहरीले आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

पक्राउ परेको श्रेष्ठले जिल्लाको सिरानचोक गाउँपालिका वडा नम्बर ४ चोरकाटेको कमलबारी घरभएकी बालिकालाई ललाई फकाई बिहेको प्रलोभनमा देखाई करणी गरेको प्रहरीको आरोप छ । घटनाको जानकारी पाएपछि बालिकाकी आमाले प्रहरीमा कारवाहीका लागि उजुरी दिनुभएको थियो ।

सोही आधारमा श्रेष्ठलाई पक्राउ गरी जिल्ला अदालतबाट ७ को म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology