धनबहादुर तामाङ
गोरखा २३ फागुन ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं गोरखा जिल्ला इन्चार्ज अमर तमुले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्पमा राजतन्त्र हुनै नसक्ने बताउनु भएको छ ।
माओवादी केन्द्र सिरानचोक गाउँपालिका पार्टी समितिको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै इन्चार्ज तमुले अहिले राजाका प्रेतआत्माहरु सडकमा हिँडिरहेको टिप्पणी गर्नुहुँदै ,प्रेतआत्माहरुलाई सिंहदरबारमा बस्ने सपना नदेख्न चेतावनी दिनुभयो । लोकतन्त्रको विकल्प भनेको अझै परिस्कृष्ट र अधिकार सम्पन्न लोकतन्त्रबाहेक केही हुन नसक्ने भन्दै उहाँले पछाडि फर्कने काम हुनै नसक्ने बताउनुभयो ।
काङ्ग्रेस नेकपा एमालेभन्दा हामी फरक देख्नुपर्, इन्चार्ज तमुले भन्नुभयो, त्यसैले हामीले जितेका वडा तथा पालिकामा समाजवाद निर्माणको आधार तयार गर्नुपर्छ । समाजवाद अन्त कतैबाट आउने होइन, टिपेर ल्याउने कुरा पनि होइन यो त गाउँबाट निर्माण हुने कुरा हो। उहाँले भन्नुभयो ।
माओवादी वर्तमान व्यवस्थाको सवैभन्दा पार्टी अब्बल पार्टी भएको वताउँदै उहाँले माओवादीले लिएको विचार सही र जनता प्रचण्ड र माओवादी पार्टीको अगाडि पछाडि गोलबन्द भएर लागेको बताउनुभयो । जनताको पार्टी भनेको माओवादी केन्द्र मात्र रहेको पनि उहाँले बताउनु भयो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य भगवती तिवारी , प्रदेश सदस्य तथा सिरानचोक गाउँपालिका इन्चार्ज नबराज पुडासैनी ,प्रदेश सदस्य रोहित गुरुङलगायतले मन्तब्य राख्नु भएको थियो । पार्टीका गाउँपालिका अध्यक्ष शम्भु ढकालको अध्यक्षतामा चोरकाटेमा सम्पन्न भएको बैठकले विभिन्न जनवर्गिय संगठनको यहि आगामी चैत २० गतेसम्म सम्मेलन भित्रमा सम्पन्न गर्ने निर्णय गरेको छ ।
त्यस्तै पालिका भित्रका सबै वडाका बैठकले ठोस गरेको छ । बैठकले पार्टीको जनता संग माओवादी अभियानलाई सफलतापूर्वक एकजुट भएर सम्पन गर्न निर्णय गरेको छ ।