काठमाडौ, २० फागुन । एक युवक पत्नी हत्याको आरोपमा पक्राउ परेका छन् । दुधौली नगरपालिका–८ कछुवाखाडी निवासी १७ वर्षीया अनिशा सदाको उनकै पति २२ वर्षीय दिनेश सदाले हत्या गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
अनिशाको अत्या आरोपमा उनका पतिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। अनशिाको शव आइतबार राति आफ्नै घरको भान्साकोठामा फेला परेको थियो ।
कर्तव्य गरी हत्या गरेको आरोपमा उनका पतिलाई नियन्त्रणमा लिइएको सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । पहिलेदेखि नै उनीहरुबीच मनमुटाव रहेको प्रहरी अनुसन्धानले देखाएको छ । अभियुक्तले घाँटी थिचेर श्रीमतीको हत्या गरेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।