Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

स्ववियु चुनावअन्तर्गत आज संघ संगठन दर्ता हुँदै


1.8K
Shares

स्ववियु चुनावअन्तर्गत आज संघ संगठन दर्ता हुँदै

काठमाडौं,१९ फागुन ।  त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावअन्तर्गत सोमबार संघ–संगठन दर्ता हुँदैछ । चैत पाँच गते हुने स्ववियु निर्वाचनका लागि आज बिहान ७ बजेदेखि दिउँसो ३ः०० बजेसम्म तय गरिएको छ। बिहान पढाइ हुने ठाउँमा क्याम्पसले आफ्नो अनुकूलताका आधारमा समय तय गरेका छन् ।

त्यहाँको निर्वाचन समितिले नै त्यसको व्यवस्थापन गरिरहेको छ । त्रिभुवन विश्वविद्यालयका ६१ वट आंगिक क्याम्पसमा भने दिउँसो ३ः०० बजे संगठन दर्ताको समय तोकिएको निर्वाचन समितिले जानकारी दिएको छ ।

निर्वाचन कार्यतालिकाअनुसार फागुन २१ गते बिहान १० बजे मतदाता नामावली प्रकाशित हुनेछ । फागुन २५ गते दिउँसो १ बजेसम्म मतदाता नामावलीमाथि दाबी विरोधको समय छुट्टयाइएको छ ।

फागुन २५ गते साँझ ५ बजे मतदाताको अन्तिम नामावली प्रकाशित हुनेछ। फागुन २६ गते बिहान ११ बजे देखि २ः बजेसम्म मनोनयन पत्र वितरण र फागुन २७ गते उम्मेदवारी दर्ताको कार्यसूची छ । चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ः०० बजेसम्म मतदान हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology