गोरखा १९, फागुन ः नारायणघाटबाट गोरखाको मनकामना तर्फ जाँदै गरेको यात्रुवाहक माइक्रोबस दुर्घटनामा परेको छ । आज विहान करिब ११ः ३० बजे इभी गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
दुर्घटनामा परी दुई जना गभ्भीर घाइते भएको जानकारी आएको भएपनि थप विवरण प्राप्त हुन भने बाँकी रहेको उहाँले बताउनुभयो । दुर्घटनामा परेको गाडी नम्बर खुल्न बाँकी छ । दुर्घटनास्थलतर्फ प्रहरीको टोली गइसकेको र घटनाको विस्तृत जानकारी भने आउन बाँकी रहेको छ ।