Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

जनयुद्धको बेला जस्तै जनताका पीर मर्का बुझ्नमा केही चुक्यौं : प्रचण्ड


1.7K
Shares

जनयुद्धको बेला जस्तै जनताका पीर मर्का बुझ्नमा केही चुक्यौं : प्रचण्ड

काठमाडौं,१८ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको बेलामा जस्तै जनताका पीर मर्का बुझ्नमा विगतमा केही चुकेको बताउनुभएको छ । आइतबार धनुषाको कमला नगरपालिका ३ पर्सामा आयोजित जनभेटघाटलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताउनुभएको हो ।

‘हिजो केही त्रुटी गर्‍यौं । अलि पहिल्यै आउनुपर्‍थ्यो हामी तपाईंहरुका पिर मर्का के छन भन्ने जनयुद्धको बेलामा जस्तै जनआन्दोलनको बेलामा जस्तै सुन्नु पर्ने थियो । त्यो कुरा सदनमा उठाउनुपर्थ्यो ।

सडकमा लैजानुपर्ने थियो । अलिकति त्यहाँ चुकेकै छौं’ उहाँले भन्नभयो। विगतबाट पाठ सिकेर जनताको कुरा सुन्ने अभियानमा रहेको भन्दै उनले आगामी दिनमा नियमित रुपमा जनतासँग रहने बताउनुभयो ।

जनताको कुरा सुनेर त्यसअनुसार राज्य सञ्चालनमा भूमिका खेल्नका लागि जनताको साथ पनि चाहिएको उहाँले बताउनुभयो । सरकारमा रहेर काम गर्न खोज्दा खोज्दै संख्याका कारण सरकारमा रहन नसकेको पनि उहाँले बताउनुभयो । आफू नेतृत्वको सरकारले कर्णालीलाई, मधेशलाई र सुदुरपश्चिमलाई उच्च प्राथमिकता दिएर नीति कार्यक्रम र बजेट ल्याएको उहाँले बताउनुभयो ।

‘राम्रो गर्न खोज्दा खोज्दै यो देशका लाल पूँजीपतीहरू, नोकरशाहरू भन्छौं हामी ठूलो ठूलो नोकरी गरेर जनतालाई शोषण गर्नेहरू, बिचौलिया ठगहरू यी सबै मिलेर हामीले जनता र राष्ट्रको पक्षमा काम गर्दा गर्दै हामीलाई सरकारबाट संख्याको कारणले हटाए’ प्रचण्डले भन्नभयो ।

आफू नेतृत्वको पार्टीलाई पुनः सरकारमा जान जनताको मत चाहिएको उहाँले बताउनुभयो । ‘विशेष रुपले अनुरोध गर्न चाहन्छु– हामीलाइ संसदमा संख्या चाहियो । हामीलाई तपाईंहरुको मत चाहियो ।’

प्रचण्डले मधेसी लगायत देशका उत्पीडित समुदायको अधिकार र पहिचान स्थापित गर्न सबभन्दा बढी त्याग माओवादीले गरेको पनि बताउनुभयो ।

मधेसी जनताको मुक्तिका लागि ठूलो बलिदान गरेको माओवादीकै विषयमा अनेकथरि भ्रम सिर्जना गर्ने प्रयास गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब यो भ्रमको पर्दा च्यातेर माओवादी र मधेसी जनताबीच दह्रो एकता कायम गर्ने प्रयास गरिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology